खाेज्नुहाेस

कञ्चनपुरबाट लागूऔषध सहित चारजना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट लागु औषध सहित ४ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका–३ नौलाखेतबाट बिचपुरीका २० वर्षीय आवेश चौधरी, २४ वर्षीय रोहित खत्री, २९ वर्षीय दिपक ऐडी र बेदकोट नगरपालिका–९ का २४ वर्षीय अनिल विष्ट लागु औषध सहित पक्राउ परेका हुन ।

navjiwan hospital

चौधरीको साथबाट ०.५४ ग्राम खैरो हेरोइन, सुपप्र ०२००३ प ९३०६ नम्बरको पल्सर मोटरसाइकल, खत्री र ऐडीको साथमा रहेको ४.५९ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

यस्तै अनिल विष्टको साथबाट ३.७४ ग्राम चरेश बराम गरिएको जिल्ला प्रहरी कार्यालय कञचनपुरले जनाएको छ ।