खाेज्नुहाेस

अत्तरियामा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरिय मेयर कप भलिबलको उपाधि अछामलाई

Image

अत्तरिया – कैलालीको अत्तरियामा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरिय मेयर कप भलिबल प्रतियोगीताको उपाधि प्रमख प्रशासकीय अधिकृत साफेबगर नगरपालिका अछामको टिमले हात पारेको छ ।

प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि भएको फाइनल खेलमा पे वेल नेपालको टिमलाई ३ –० को सोझो सेटमा पराजित गर्दै अछामको टिम विजयी भएको हो ।

attariya hospital

विजेता बनेको अछामको टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै उपविजेता बनेको पे वेल नेपालको टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ भने तेस्रो बनेको कञ्चन खाद्य उद्योग टीकापुरको टिमले ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।

navjiwan hospital
द्धितिय पुरस्कार ग्रहण गर्दै पे वेल नेपालको टिम

प्रतियोगिताको उत्कृष्ट खेलाडी अछामका धन बहादुर भट्ट भएका छन । उनले नगद १० हजार हात पारेका छन ।

त्यस्तै बेष्ट स्पाइकर कञ्चन खाद्य उद्योग टीकापुर प्रशान्त शाहु, बेस्ट सटर अछामका महेश खत्री, बेस्ट ब्लकर पे वेल नेपालका रमेश बम, बेस्ट सरभर पे वेल नेपालकै धिरज बस्नेत, बेस्ट डिफेन्डर सिवाईसी अत्तरियाका मोहन सारुमगर भएका छन । त्यस्तै उदयीमान खेलाडी सिवाईसी अत्तरियाकै पवन ऐर भएका छन । उनीहरुलाई नगद ५/५ हजार पुरस्कार दिइएको छ ।

न्यू सृजनशिल युवा क्लव अत्तरियाको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रवद्धकका रुपमा गोदावरी नगरपालिका रहेको थियो । शनिबारबाट सुरु भएको प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहेको थियो ।

तृतिय पुरस्कार ग्रहण गर्दै कञ्चन खाद्य उद्योग टीकापुरको टिम