खाेज्नुहाेस

८५ को डिल हातमा साढे सात

Image

अत्तरिया  – कैलालीको गोदावरी नगरपालिका – १० खमौराका रण बहादुर साउँद मजदुरी गरेर परिवार पाल्छन । तिन छोराछोरी र श्रीमतीको लालनपालनका लागी बैदेशिक रोजगारीमा गएका उनी कोरोनाका कारण घर फर्किए त्यसयता उनी विदेश गएका छैनन ।

पछिल्लो समय सरकारले लागु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा दिनभरी काम गरी साँझ परिवार पाल्दै आएका उनलाई अहिले भने आर्थिकका साथै मानसिक तनावले समेत पिरोल्न थालेको छ । आर्थिक समस्या आएपछि ८५ लाखमा घरजग्गा बेचेका उनले साढे सात लाख मात्रै पाएपछि उनलाई थप संकट आईपरेको छ ।

attariya hospital

उनलाई मानसिक समस्याले तब सताउन थाल्यो जब उनको घरजग्गा बैंकले लिलाम गर्दैछ भन्ने कुरा थाहा भयो । ८५ लाखको घरजग्गा साढे सात लाख मात्रै हातमा आएको छ, त्यसमाथी बैंकले घरजग्गा लिलाम गर्दैछ भन्ने थाहा पाउँदा उनी छाँगाबाट खसेजस्तै भए ।

उनले आफुले बैंकबाट ऋण निकालेर ब्याज बुझाउन नसकेका कारण भने उनको घरजमिन लिलामी हुन लागेको हैन । उनको जमिन अर्कै व्यक्तिले बैंकमा राखेर ब्याज बुझाउन नसक्दा लिलाम जान लागेको हो ।

उनको जमिन बैंकमा राख्ने व्यक्ति कैलालीकै धनगढी उपमहानगरपालिका – ५ का लिलाधर दाहाल हुन । उनले आफुलाई सन्जा रोकाया, लक्ष्मी नेपाली र निलम पाण्डेयले पास बन्धकी राख्ने भनेर जग्गा आफ्नो नाममा गराएको बताए ।

‘सुरुवाती चरणमा ति तिनै जना सँग २० लाख रुपैयामा पास बन्धकी गर्ने भनेर सहमती भएको हो’ उनले भने ‘जग्गा सन्जा रोकायाको नाममा थियो, मैले बैंकसँग बुझ्दा बैंकले ३० लाख रुपैया सम्म ऋण दिनसक्ने भनेपछि मलाई २० लाख दिन आपत्ती भएन, त्यसैले मैले सुरुमा २० लाख दिए ।’

पासबन्धकीका समयमा भने आनाकानी गरेर पैसा थप्दै जाँदा आफुले सन्जा रोकायालाई कुल ४० लाख रुपैया दिएको उनले बताए । उनले जग्गा धितो राखेर ऋण निकालेको पैसा सबै रोकायालाई दिदाँ आफुसँग बैंकको ब्याज तिर्ने पैसा समेत नरहेकाले समस्या भैरहेको बताए ।
उक्त जग्गा किनेर बैंकमा धितो राखेर दाहालले साउँदबाट भने उक्त जग्गा किनेका हैनन र साउँदले पनि दाहाललाई उक्त जग्गा बेचेका हैनन ।

के भएको थियो ?

केही समय पहिले ४१ वर्षिय युवा रण बहादुर साउँद दलालहरुको फन्दामा परेका थिए । दलालको फन्दामा पर्दा उनले साहुलाई सावाँब्याज सहित २० लाख रुपैया तिुर्नपर्ने भयो ।

navjiwan hospital

उनी के कसरी दलालको फन्दामा परे त्यो भने खुलाएनन, तर उनले साहुँलाई २० लाख रुपैया तिर्नुपर्ने भएकाले आफुले आफ्नो नाममा भएको जग्गाजमिन बेचेर अन्त बसाई सर्ने योजना रहेको सुनाए ।

प्रविधिमैत्री युग भएकाले जो कोही ले पनि अहिलेको समय फेसबुक चलाउछन । केही वर्ष बैदेशिक रोजगारीमा बसिसकेका साउँदले पनि फुर्सदको समयमा कहिले काही फेसबुक हेर्छन । फेसबुक चलाउदै गर्दा उनको परिचय डोटीको आर्दश गाउँपालिका – ३ खतिवडाकी ३८ वर्षिया सन्जा कुमारी कडायत रोकाया सँग भयो । फेसबुकमा कुराकानी हुन थाल्यो । बाहिरी कुरा भन्दा पनि साउँदले आफुलाई आर्थिक समस्या रहेको कुरा रोकायालाई बताए ।

उनले उक्त आर्थिक समस्या समाधानका लागी आफ्नो घरजग्गा विक्रि गर्ने कुरा रोकायालाई सुनाए । फेसबुक मार्फत नै रोकायाले आफुले जग्गाको कारोबार गर्ने गरेको र त्यो जग्गा आफुले किन्ने साउँदलाई बताईन ।

फेसबुकमा कुरा भएको केही दिन पछि रोकाया केही साथीहरुसँग साउँदको घरमा आईन । उनले साउँदको घर जग्गा हेरीन र पछि कुरा गर्ने भन्दै मोबाईल नम्बर लिएर फर्किइन । त्यसको केही दिन पछि रोकायाले साउँदलाई फोन गरेर ८५ लाखमा सबै घरजग्गा किन्ने बार्गेनिङ गरीन ।

उक्त कुरा साउँदलाई चित्त बुझ्यो र उनले ८५ लाखमा आफ्नो घरजग्गा विक्रि गर्ने निश्चित गरे । २०७८ साल श्रावण १४ गते रोकायाले साउँदलाई १० लाखको चेक दिईन र जग्गा आफ्नो नाममा गराउन भनिन । साउँदले बाँकी रकम सोही वर्ष असोज १५ गतेभित्र तिरिसक्ने बाँचासहितको कागज बनाए ।

कागज बनाएको भोलीपल्ट अर्थात श्रावण १५ गते साउँदले आफ्नो घरजग्गा रोकायाको नाममा नामसारी गरिदिए । नामसारी गरेपश्चात साउँद बैंकमा पैसा निकाल्न गए, तर चेक दिईएको खातामा पैसा थिएन । उनले रोकायालाई सम्पर्क गरे ।
रोकायाले अर्काे मान्छेलाई पठाएर केही दिनपछि ६ लाख रुपैया नगद नै दिईन । साउँदले फेरी बाँकी रहेको रकमको कुरा रोकायासँग गरे । रोकायाले फेरी अर्काे मानिस पठाएर त्यसको २/३ दिन पछि डेढ लाख रुपैया साउँदलाई दिईन ।

समग्रमा साउँदले जम्मा साढे सात लाख रुपैया पाए । १० लाखको चेक दिएकाले साउँदले बाँकी रहेको ७५ लाख असोज १५ गतेभित्र बुझाउने कागज बनाएका थिए तर उनको हातमा साढे सात लाख मात्रै आयो ।

बाँकी रहेको रकम समयमै आउँछ भन्ने विश्वासका साथ असोज १५ गतेसम्म साउँदले रोकायासँग त्यति सम्पर्क गरेनन । तर असोज १५ बितिसक्दा पनि आफ्नो बाँकी रहेको रकम नआएपछि उनले रोकाया सँग फेरी निरन्तर सम्पर्क गर्न थाले । फोन सम्पर्कमा आजभोली भन्दा भन्दै महिनौ बितेपनि आफुले बाँकी रकम नपाएको साउँदले अत्तरिया खबर दैनिकलाई बताए ।

साउँदले आफ्नो बाँकी रकम नपाएपछि वडाको न्यायिक समितिमा निवेदन दिए । न्यायीक समितिले २०७८ साल फागुन २५ गते रोकायालाई बोलाएर छलफल ग¥यो ।

छलफलपश्चात रोकायाले एकमहिना भित्र अर्थात चैत २४ गते भित्र ७७ लाख ५० हजार रुपैयाको उक्त अवधी सम्मको व्याजसहित सबै रकम चुक्ता गर्ने कागज बनाईन । उक्त अवधीसम्म पनि साउँदले बाँकी रकम पाउन सकेका छैनन् ।

अव साउँदले आफ्नो घरजग्गा आफैले पाउनुपर्ने नभए सो बराबरको रकम पाउँनुपर्ने बताएका छन ।