खाेज्नुहाेस

आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पञ्जाब विजयी

Image

काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा साविक विजेता चेन्नई सुपर किङ्स कमजोर देखिएको छ। उसले लगातार तेस्रो हार खाएको छ। आइतबार पन्जाबसँग चेन्नई ५४ रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो। चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो।

attariya hospital
navjiwan hospital

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। महेन्द्र सिंह धोनीले २३ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।
पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले भने शिखर धवन ३३ र जितेश शर्माले २६ रन जोडे।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए। यो पञ्जाबको दोस्रो जित हो। तीन खेल खेलको पञ्जाबले चार अंक जोडेको छ। चेन्नईले भने समान खेल खेले पनि खाता खोल्न सकेको छैन।