खाेज्नुहाेस

राष्ट्रिय महिला लिगमा धनगढीको लज्जास्पद हार

Image

चितवन –  राष्ट्रिय महिला लिगमा धनगढीले लज्जास्पद हार ब्यहोरेको छ । शनिबार भएको खेलमा धनगढी त्रिभुवन आर्मी फुटबल क्लब संग ६–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

रश्मि घिसिङले ह्याट्रिक गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले महत्त्वपूर्ण ३ अंक बटुलेको छ ।

attariya hospital
navjiwan hospital

एकतर्फी खेलमा आर्मीलाई फराकिलो जित दिलाउन रश्मीले ह्याट्रिकसँगै विमला चौधरी, अमिशा कार्की र कुसुम खतिवडाले समान एक–एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा आर्मीले पेनाल्टी पायो । धनगढीकी डिफेन्डर नीलम सिंहले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै रश्मिले बललाई जाली चुमाइन् । पहिलो हाफको अन्तिम मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाइन् । पहिलो हाफमा नै थप गरिएको अतिरिक्त समयमा रश्मिले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो ।

५८ औं मिनेटमा आर्मीकी रश्मिले ह्याट्रिक पूरा गरिन् । ८१ औं मिनेटमा अमिशाले गोल गर्दै आर्मीको अग्रता लम्बाइन्। ८८ औं मिनेटमा कुसुमले गोल गर्दै आर्मीलाई ६–० को जित दिलाइन् । आर्मीकी रश्मि प्लेयर अफ दि म्याच भइन् ।

यो जितपछि आर्मी ४ खेलबाट ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढी भने शीर्षबाट दोस्रो स्थानमा झरेको छ । जारी लिगमा धनगढीको यो पहिलो हार हो । धनगढीको ४ खेलबाट ९ अंक भएको छ ।