खाेज्नुहाेस

आशा छ भरोशा छैन

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मालुबेलामा विगत ५६ वर्षदेखी वस्दै आएका ८४ वर्षिय रामसिँह ऐर सँग करिब ६/७ विघा जमिन छ । तर त्यसको लालपुर्जा उनीसँग छैन ।

वर्षाैदेखी चलनभोग गर्दै आएको जमिनको स्वामित्व आफुसँग नहुँदा चिन्तित बनेका उनि मंगलबार केही खुसी देखिए । नगरपालिकामा जग्गा नापीको कार्य सुरु भएसँगै लालपुर्जा पाउने आशामा खुसी देखिएका उनलाई अझै पनि आफुले लालपुर्जा पाउने कुरामा भरोशा भने छैन ।

attariya hospital

‘विगतदेखी नै पटक पटक यस्ता नापीका मान्छेहरु लालपुर्जा दिने भन्दै नाप्नका लागी आउदै गरेका छन, तर हालसम्म पनि लालपुर्जा पाएका छैनौ’ उनले भने ‘यसपटक पनि आएका छन, अब त लालपुर्जा पाईन्छ की भन्ने आशमा छु, अझै पनि हातमा नआउन्जेल भरोशा भने छैन ।’
उनले फेरी पनि आफ्नो ठाउँमा नापीको काम सुरु भएको भन्दै खुसी व्यक्त गरे । ‘नापीको काम सुरु भएको छ, खुसी छु’ उनले भने ‘तर पहिलेको जस्तै नापीको काम क्यान्सिल हुने होकी के हुने भन्ने कुरा भगवानलाई थाहा छ ।’

उनले धेरै पटक क्यान्सिल भएकाले लालपुर्जा हातमा नआउन्जेल आफु जस्ता अव्यवस्थीत बसोबासीहरुलाई भरोशा नहुने जिकीर गरे ।
सोही ठाउँका स्थानिय छविलाल भाटले पनि लालपुर्जा पाउने कुरामा पुर्ण विश्वास गरेनन् । ‘नापी आएको छ, एकदमै खुसी छु’ उनले भने ‘तर विगतको जस्तो हुने हो की भन्ने चिन्ता पनि छ ।’

मालुबेलामा २० वर्षदेखी बसोबास गर्दै आएका उनिसँग पनि आफ्नो जमिनको लालपुर्जा छैन । नापी नहुँदा एकिन रुपमा भन्न नसकेपनि आफुसँग करिब १०÷१२ कठ्ठा जमिन रहेको उनले बताए ।

उनले विगतका दिनहरुमा पनि नापी आएको तर लालपुर्जा नपाईएकाले अझै पाईने कुरामा पुर्ण भरोशा नभएको बताए । ‘पहिलेको तुलनामा लालपुर्जा पाईएलाकी भन्ने केही आशा छ’ उनले भने ‘अहिले हाम्रा अध्यक्षज्यु लाग्नुभाछ, उहाँले धेरै मेहनतले नापीको काम ल्याउनुभाछ, त्यसैले पाईएलाकी भन्ने विश्वास छ ।’

आफ्नो ठाउँमा नापी आएकाले खुसी व्यक्त गर्दै उनले छोटो समयमा सबैलाई व्यवस्थीत हुने गरेर नापीको कार्य गरिनुपर्ने बताए । उनले नापी आएर मात्रै खुसि हुनुपर्ने अवस्था नआएको बताए । ‘नापी आएर मात्रै खुसी हुनुपर्ने अवस्था छैन, जब लालपुर्जा हातमा आउछ, तब खुसी हुन्छौ, तब हाम्रा जनप्रतिनिधिको जयजयकार गर्छौ’ उनले भने । नापीको कार्य सुरु भएकाले आफुलाई लालपुर्जा पाउँछु भन्ने आश लागेको तर पुर्ण रुपमा भरोशा भने नभएको बताए ।

नगरपालिकाले मंगलबारबाट जग्गा नापीको कार्य सुरु गरेको छ । नगरपालिकाको वडा नं. ४ मालुबेलाबाट सुरु गरीएको कार्यले निर्वाचन अगावै पुर्णता पाउने नगरपालिकाको दावी छ ।

आगामी निर्वाचन भित्रै नापीको कार्य सक्छौ : नगरप्रमुख हमाल

नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले नगरका सबै वडाहरुमा आगामी निर्वाचन भित्रै जग्गा नापिको कार्य सम्पन्न हुने गरी कार्य थालिएको बताए ।

‘५०/६० वर्ष पुरानो मुख्य समस्याको रुपमा रहेको अव्यवस्थीत बसोबासीहरुलाई व्यवस्थीत गर्ने, जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने, नगरबासीलाई जग्गाको मालिक बनाउने मुलभुत अभिभारा हामीसँग थियो’ उनले भने ‘त्यो अभिभारा पुरा गर्नका लागी नगरपालिकाले थुप्रै प्रयास÷प्रयत्नहरु पनि ग-यो ।’

उनले सरकार परिवर्तनका कारण नगरको अभिभारा पुरा गर्न केही समय लागेको उनले बताए । ‘यो राष्ट्रिय भुमी आयोग १४औ आयोगको रुपमा रहेको छ । यो भन्दा अगाडी १३औ आयोगको रुपमा भुमि सम्बन्धी समस्या समाधान आयोग रहेको थियो’ उनले भने ‘जग्गा सम्बन्धीका सबै समस्याहरु समाधान गर्ने गरी अन्तिम आयोगको रुपमा १३औ आयोग गठन गरिएको भएपनि सरकार परिवर्तन सँगै उक्त आयोग विघटन भई नयाँ गठन भएको हो । जसले गर्दा हामीले जग्गाका निस्सा प्रमाणपुर्जाहरु वितरण गर्न केही ढिलाई भएको हो ।’

उनले अर्काे आयोगले पनि गठन हुने वित्तिकै छिटो छरितो रुपमा नापीको कार्य सुरु गर्न नसकेको बताए । पछिल्लो पटकको सम्झौता पछि प्रकृया अगाढी बढाउँदा प्राविधिक कारण र अन्योलताले गर्दा नापी कार्यलाई द्रुत गतीमा अगाढी बढाउन नसकेको उनले बताए ।

navjiwan hospital

राष्ट्रिय भुमि आयोगले ४ जना प्राविधिक पठाएपछि नापीको प्रकृया अगाढी बढेको उनको भनाई छ । जग्गा नापजाँचका विधि प्रकृयाका निमित्त आवश्यक पर्ने उपकरणहरु विगतमै तयार पारेका कारण नापीको कार्य आगामी निर्वाचन भित्र नै सकिने उनले विश्वास व्यक्त गरे ।
उनले नापीका लागी आवश्यक परे कर्मचारीहरु पनि थप गरीने बताए ।

नापीको कार्य सकिएपछि लालपुर्जा वितरणको प्रकृया सुरु हुने उनले बताए । उनले अव्यवस्थीत बसोबासीहरुलाई व्यवस्थीत गर्नका लागी जग्गाको भोगचलनको आधारमा नापजाँच गरीने उनले बताए । यसअघि भएका नापीका कार्यहरुमा प्राविधिक त्रुटि रहेको उनले बताए ।

‘यो भन्दा अगाडीका आयोग र कार्यदलहरुबाट वितरित पुर्जाहरुमा प्राविधिक त्रुटिहरु छन’ उनले भने ‘भोगचलन वर्षाैदेखी एउटा व्यक्तिले गरेको छ, त्यसको जग्गाधनी पुर्जा अर्काे व्यक्तिको नाममा आको छ ।’ उनले त्यस्तो समस्याको कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको उनले बताए । उनले आगामी दिनहरुमा त्यस्ता समस्याहरुलाई व्यवस्थीत रुपमा समाधान गरी जानुपर्ने बताए ।

जग्गा नाप्ने र पुर्जा बाड्ने कार्य विस्कुट र टफि बाडेजस्तो सजिलो छैन : ढुंगाना

उता राष्ट्रिय भुमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले जग्गा नाप्ने र पुर्जा वितरण गर्ने कुरा विस्कुट र टफि बाडे जस्तो नभएको बताए । उनले जमिन नाप्ने विषयमा प्राविधिक त्रुटि भए कसैको घर नै अर्काको जमिनमा पर्न सक्ने समस्या आउन सक्ने बताए ।

गठनको ३ महिनामै आयोगले पहिलो चरणमा छुटेकाहरुको निवेदन संकलन गर्ने कार्य गरेको र त्यसपछि दर्ता भएका निवेदनहरुको कम्प्युटरमा ईन्ट्रि गरी निस्सा वितरण गर्ने कार्य गरेको बताए ।

त्यतिमात्रै नभई निस्सा वितरणको प्रकृया पछि मात्रै जग्गाको नापनक्साको कार्य अगाढी बढाउनुपर्ने आयोगको कार्यविधि अनुसार प्राविधिक टोलीसहित नापीका लागी आएको उनले बताए ।

सरकारले आयोगको कार्यलाई राष्ट्रिय अभियानकै रुपमा लिएको बताउदै उनले यसै आयोगलाई अन्तिम आयोग बनाउने गरी कार्य थालिएको बताए । उनले विगतका दिनहरुमा नापिको कार्यमा त्रुटि भएकाले यसपटक व्यवस्थीत रुपमा नापिको कार्य गर्न प्राविधिकहरुलाई खटाईएको बताए ।

‘विगतका नापीहरुमा प्राविधिक त्रुटिका कारण आज धेरै समस्याहरु पैदा भएका छन’ उनले भने ‘हामीले त्यस्ता सबै समस्याहरुलाई मध्यनजर गर्दै बरु २/४ दिन ढिलो भएपनि जमिन एकिन नाप्ने, तथ्यपरक ढंगले नाप्ने तथा स्थानिय र सहजिकरण समितिको सहयोगमा नाप्ने भनेका छौ ।’

उनले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीको हकमा वास्तविक सुकुम्बासीहरुको छनोट स्थानिय पालिकाले प्रमाणित गरेपछि मात्रै लालपुर्जा वितरण गरीने बताए ।

उनले पालिकाले जिल्लामा पठाएको विवरणको आधारमा सुकुम्बासीहरु बसेको भुमि दिन लायक हो वा होईन भन्ने छुट्याएर दिन लायक नभए अन्य ठाउँमा जग्गा वितरण गरिने बताए । उनले मापदण्डको आधारमा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निशुल्क जमिन वितरण गरिने बताए ।

नगरपालिकाले पहिलो पटक २०७७ साल कार्तिक २७ गते भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न भुमि सम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरेको थियो । सम्झौतापश्चात कार्यालय स्थापना गरी नगरपालिकाले पहिलो चरणमा निवेदन संकलन गर्ने कार्य गरेको थियो ।

सरकार परिवर्तनसँगै यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन भएपछि नगरपालिकामा निवेदन संकलनको कार्य लगायतका अन्य भुमि सम्बन्धी कार्यहरु रोकिएका थिए ।

त्यसपछि २०७८ भदौ २९ गते मन्त्रिपरिद्को बैठकले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भुमि आयोग गठन गरेपछि नगरपालिकाले पुनः २०७८ पुष २३ गते आयोगसँग सम्झौता गरेको थियो । त्यसपछि नगरपालिकाले नियमित रुपमा भुमि सम्बन्धीका कार्यहरु गर्दै आएको छ ।