
दार्चुला – दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दार्चुला–तिङ्कर निर्माणाधिन सडक खण्डको व्यास गाउँपालिकाको – ४ मा से २ त १७९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय २३ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको हो ।
दुर्घटनापछि ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




















