अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ४७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३५ को नमूना परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पीसीआर मार्फत १९ र एन्टीजेनमार्फत २८ मा पुष्टि भएको छ । सो अवधिमा ८८ जना सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।

यसअघि बिहीबार यस प्रदेशमा ६२ मा सङ्क्रमण पुष्टि हुँदा १४९ सङ्क्रमणुक्त भएका थिए । सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण हालसम्म ६२७ जनाले ज्यान गुमाईसकेका छन ।

















