काठमाण्डौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ३५६ जनाको स्वाब परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १२ हजार ६९५ स्वाब परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना देखिएको थियो ।

कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको भए पनि मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । कोरोना संक्रमणबाट बुधबार १४ जनाको मृत्यु भएको छ। मंगलबार ११ जनाको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना निको भएका छन् । मंगलबार ५ हजार १०३ जना निको भएका थिए । अझै सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।

















