अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ४१३ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार ४४८ नमूनाको कोरोना जाँच गर्दा १ हजार ३६ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार १३६ नमूनाको कोरोना जाँच गर्दा २६४ र पीसीआर बिधिबाट ३१२ नमूनाको कोरोना जाँच गर्दा १४९ जनामा संक्रमण पुष्टि भएको छ ।यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार ८१५ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १९४ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या पनि ३९ हजार ७३२ पुगेको छ ।
हाल प्रदेशमा संक्रि संक्रमितको संख्या ४ हजार ६९८ रहेको छ । जसमध्ये ८७ जनाको प्रदेशका बिभिन्न अस्पतालहरुमा कोरोना उपचार भइरहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

















