खाेज्नुहाेस

समाजसेवाबाट राजनीतिमा उदाएका गणेश

Image

अत्तरिया – उनले नेपाल भरिका सिएमएहरुलाई एकजुट गराई उनीहरुका समस्या समाधानमा अग्रसर बने । संस्थापक अध्यक्ष बनी उनले नेपाल सिएमए संघमा आवद्ध सदस्यहरुको हकहितका लागि निरन्तर सर्षघ गरी एक मुकाम कायम गरे । सिएमए संघमा रहेर देशभर रहेका सिएमएका समस्या समाधानमा लागेका उनलाई त्यसताका राजनीतिमा चासो थिएन ।

कैलालीको गोदावरी नगरपालिका – २ निवासी गणेश जिमी साउँद हालै सम्पन्न नेकपा एमालेको आठौ जिल्ला अधिवेशनबाट कैलाली जिल्ला सदस्यमा निर्वाचित भए । क्षेत्र नम्बर ४ भुगोल तर्फ दोस्रो बढी मत र जिल्लामा सर्वाधिक मत ल्याएर निर्वाचित भएका साउँद राजनीतिक प्रतिष्पर्धामा पहिलो पटक सहभागी भएका हुन । पहिलो पटक नै राजनीतिमा उदाएका उनी यसअघि समाजसेवामा अग्रसर बन्दै आएका थिए ।

attariya hospital

अछाममा २०३५ साल मंसिर १० गते बुवा धनी साउँद र आमा पशुपती देवी साउँदको एक्लो सन्तानको रुपमा जन्मिएका उनले समाज सेवाबाट नै आफुलाई राजनीतिमा स्थापित गराउन सफल भएका छन । समाजमा असल काम गरेर नागरिकको मन जित्न सके जुनसुकै प्रतिष्पर्धामा पनि विजय हासिल गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणका रुपमा साउँदलाई लिन सकिन्छ । राजनीतिक पृष्ठभुमी नभएर पनि समाज सेवाकै कारण राजनीतिमा आफ्नो अलग्गै स्थान बनाउन उनी सफल भएका छन ।

अत्तरियामा पिडि पोलिक्लिनिक सञ्चालन गर्दै आएका उनले आफ्नो पेशालाई भन्दा पनि सामाजिक कार्यलाई मुख्य प्राथमिकता दिदै आएका छन । उनले समाजमा विभिन्न कारणले गर्दा पीडित बनेका नागरिकहरुलाई सहयोग गर्दै आएका छन । ‘नेपालमा भएको जनआन्दोलनका समयमा अभाव र पीडामा रहेका मानिसहरुलाई खाद्यान्न, रक्तदान, आर्थिक सहयोग, निःशुल्क उपचार लगायतका विभिन्न सहयोग दियौ’ अत्तरिया खबर दैनिक सँगको कुराकानीमा उनले भने ।

यसैगरी २०७६ साल बैशाखमा आएको विनाशकारी हावाहुरीले छतिग्रस्त बनेका कैलालीको गोदावरी नगरपालिका – ५ गेटाका २ वटा घरलाई पूर्ण रुपमा निर्माण गरी घरमालिकलाई सुम्पिने काम गरेको पनि उनले बताए । उनले विगत केही वर्षदेखि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका समयमा पनि आफ्नो ज्यानको पर्वाह नगरी समाजमा दैनिक छाक टार्ने समस्याले ग्रसित बनेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्न अभियान नै सञ्चालन गरेका थिए ।

navjiwan hospital

यतीमात्रै नभई उनले सीमानाकामा गएर बाहिरी देशबाट आउने नेपाली नागरिकहरुलाई पानी, नास्ता, मास्क, सेनिटाईजर लगायतका सामग्रीहरु समेत वितरण गरेका थिए । समाजको हित नै आफ्नो जिवन ठानेका उनले समाज र राष्ट्रको विकासका लागि पर्यटन मुख्य स्रोत भएको भन्दै गोदावरी नगरपालिकाकै – ४ बन्दगडामा बृहत मष्टाधामको योजना अगाडी सारेका छन ।

‘मष्टाधाम मार्फत धार्मिक पर्यटकहरु भित्र्याई समाज र राष्ट्रको आर्थिक विकासमा सहयोग गर्ने मेरो योजना छ’ उनले भने ‘मष्टाधामले विकट क्षेत्रका रुपमा रहेको बन्दगडा र त्यहाका स्थानीयबासीको पनि आर्थिक समृद्ध गर्ने मैले विश्वास लिएको छु ।’ उनले डोटीको दिपायल सिलगढी नगरपालिका – ८ कठनाकी कल्पना ढोलीको आँखा उपचारको लागि अभियान संचालन गरि देश विदेशबाट २ लाख १५ हजार संकलन गरी आँखाको उपचार गराई आँखा देख्न सक्ने बनाउन सफल भएको उनले बताए ।

उनले आफ्नै पहलमा सोही वडाका नारीदाङ, कठना, सलडा, तिमृदह लगायतका गाउँमा विद्युत बिस्तारका बजेट विनियोजन गराइ अध्यारोमा रहेका करीब ३ हजार नागरिकलाई अध्यारोमुक्त समेत बनाएको बताए । यती मात्रै नभई गोर्खाको वारपाक लगायत अन्य ठाउँगरी करिब १२ लाख बराबरको औषधी उपचार, खाद्यान्न, लुगा, पाल, पानी, चिउरा, चाउचाउ, टिन लगायतका सामग्री समेत सहयोग गरेको उनले बताए । उनका यस्ता अनेकौ सामाजिक कार्यले उनलाई समाजमा परिचित बनाएको उनको भनाई छ ।

‘म मेरो सामाजिक कामले गर्दा म समाजमा परिचित भए, जसले मलाई राजनीतिमा आउन प्रेरित ग¥यो’ साउँदले भने ‘राजनीतिमा आएपनि मेरो मुख्य कार्य समाजका विपन्न, गरिब, समस्यामा परेका वर्गको सेवा नै हुनेछ ।’

गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकामा राम्रो पकड हुँदा उनले निर्वाचनमा भुगोलतर्फ दोस्रो बढी मत ल्याएको आँकलन गरिएको छ । कैलालीका तिन वटा पालिकामा मात्रै नभई सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका साथै देशका पुर्वि जिल्लाहरुमा पनि उनले आफुलाई चिनाउन सफल भएका छन । एमालेका सचिव लेखराज भट्टको अगुवाईमा आफुले कपिलवस्तुको बहादुरगंजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्धारा ३ हजार ५ सय जनालाई एमालेमा प्रवेश गराएको उनले बताए ।

आफुलाई नेकपा एमालेको जिल्ला सदस्यमा निर्वाचित गराउने प्रतिनिधिहरुले पनि फुटको अवस्थामा रहेको एमाले पार्टीलाई एकजुट गराउने अभिभारा आफुलाई सुम्पेको उनी बताउँछन । ‘मतदाताहरुले केही गर्न सक्ने क्षमता भएका मानिसहरु खोजेका रहेछन’ उनले भने ‘त्यसैले मलाई छनौट गरे, म उहाँहरुको मतलाई खेर जान दिने छैन ।’ सबैलाई एकजुट गराई पार्टीलाई नयाँदिशा दिने आफ्नो लक्ष्य रहने उनी बताउँछन । उनले आउदै गरेको स्थानीय तहको निर्वाचनमा पनि राम्रो पदमा निर्वाचन लड्ने आकांक्षा राखेको बताउँदै आएका छन ।