खाेज्नुहाेस

बैतडीका अवस्थी हत्या प्रकरण : थप एक जना पक्राउ

Image

बैतडी –  बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया–६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

उनले नवराजमाथि शंका लागेर नियन्त्रणमा लिएको र अहिले नै उनको संलग्नता हो भन्न नसकिने बताए ।

attariya hospital
navjiwan hospital

गत मंसिर १४ गतेदेखि हराइरहेका डम्मरको शव गत पुस २८ गते घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा फेला परेको थियो ।

यसअघि डम्मरको हत्यामा संलग्न रहेका सोही ठाउँका २३ वर्षीय हरिश अवस्थी प्रहरी नियन्त्रणमै छन् ।

सम्बन्धित समाचार

बैतडीमा पुरेको अवस्था भेटिएका अवस्थीको शव आफन्तले बुझेनन्