खाेज्नुहाेस

आर्थिक लेनदेनको आरोप लागेका सई चन्दको जिम्मेवारी खोसियो

Image

धनगढी – कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि सशस्त्र प्रहरीका एकजना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दको जिम्मेवारी खोसेर अनुुसन्धान सुरु गरिएको छ । पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपीका प्रमुख चन्दलाई अनुुसन्धानको दायरामा ल्याइएको हो ।

चन्दमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको जिम्मेवारीबाट हटाएर उनीमाथि छानबिन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुुख्यालय कैलालीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

वैद्यनाथ बाहिनी मुुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गाप्रसाद भट्टराईले चन्दमाथि लागेको आरोपबारे छानविन गर्न उनलाई मुुख्यालय झिकाइएको बताए ।

‘उहाँमाथि आरोप लागिसकेपछि खास कुरा के रहेछ ? भनेर छानबिन गर्नका लागि हामीले यहाँ ल्याएका छौँ,’ डीआईजी भट्टराइले भने, ‘हामीले आन्तरिक रुपमा छानविन गरिरहेका छौँ । उहाँको ठाउँमा अर्को मान्छे पठाउँदैछौँ ।’

सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी मुुख्यालयका अनुसार चन्द प्रमुख रहेको बीओपीको टोलीले हालै एक भारतीय नागरिकले तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा हार्डवेयर लगायतका समान बरामद गरेको थियो । तर चन्दले ती व्यक्तिबाट कम्तीमा केही रकम असुुलेर छाडेको आरोप लागेको छ ।

यद्यपि सई चन्दले उक्त आरोपमा सत्यता नरहेको दाबी गरिरहेका छन् । ‘हामीले भारतीय नागरिकबाट समान बरामद गरेको कुरा साँचो हो,’ चन्दले भने, ‘तर मानिस पक्राउ गर्न सकेनौं । बरामद गरेको सामान भन्सार कार्यालयमा बुुझाइसकेका छौं ।’