
अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५ नमूनाको कोरोना परिक्षण गरिएकोमा २ जना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हाल सेतीमा २ कोरोना संक्रमित उपचाररत रहेको छ । ति दुवैको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।















