खाेज्नुहाेस

माओवादी केन्द्र गोदावरीको अध्यक्षमा धर्म कुँवर निर्वाचित

Image

अत्तरिया – नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटीको अध्यक्षमा धर्म सिह कुँवर निर्वाचित भएका छन । माओवादी केन्द्र गोदावरी नगरको प्रथम नगर सम्मेलनबाट कुँवर निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन ।

२०५९ सालमा अखिल (क्रान्तिकारी) बाट राजनीतिक यात्रा सुरु गरेका कुँवर सोही बर्ष सिद्धभगवती निमावि डडेलधुराको ईकाई अध्यक्ष बनेको थिए । २०६० सालमा अखिल (अखिल क्रान्तिकारी) डडेलधुरा जिल्ला एरिया नम्बर ५ को सदस्य रहेका कुँवर २०६१ सालमा अखिल (क्रान्तिकारी) डडेलधुरा जिल्ला सदस्य बनेका थिए ।

attariya hospital

कुँवर २०६३ सालमा कञ्चनपुरमा रहेको कृष्ण उमाबि गुलरिया इकाई सचिब हुँदै २०६४ सालमा अखिल (क्रान्तिकारी) दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाको इकाई सचिब र कैलाली जिल्ला सदस्य रहेका थिए ।

उनी २०६५ सालमा अखिल (क्रान्तिकारी) कैलाली जिल्ला सचिवालय सदस्य, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस ईकाइ अध्यक्ष हुँदै तत्कालीन नेकपा (माओवादी) पार्टी कैलाली जिल्ला सदस्य रहेका थिए ।

२०६७ सालमा पार्टी ब्ऋः, अखिल (क्रान्तिकारी) क्षेत्र नम्बर ५ क्षेत्रिय संयोजक, ईन्चार्ज र प्रस्तावित पार्टी जिल्ला सदस्य रहेका कुँवर २०६९ सालमा पार्टीको डडेल्धुरा जिल्ला सदस्यमा चयन भएका थिए ।

२०७० सालमा जिल्ला कमिटी सदस्य, आलिताल गाउँ कमिटी सचिव, अखिल नेपाल शिक्षक संगठन जिल्ला सचिवालय सदस्य बनेका कुँवर २०७१ सालमा आलिताल गाउँ कमिटी उपाध्यक्ष, कार्यबाहक अध्यक्ष समेत रहेका थिए ।

navjiwan hospital

२०७३ सालमा पुनः कैलाली जिल्ला सदस्य र तत्कालिन अत्तरिया नगर संयोजक बनेका कुँवर २०७३ सालमा अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्य एबम् तत्कालिन ७ नम्बर प्रदेश कार्यालय सचिवमा नियुक्त भएका थिए ।

२०७३ मै गोदावरी नगर कमिटी सचिव एबम् जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य बनेका उनी २०७६ मा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलाली जिल्ला सदस्य एबम् गोदावरी नगर सह– ईन्चार्ज बनेका थिए ।

त्यसपछि २०७८ भाद्र १० गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोदावरी नगर सम्मेलन आयोजक समिति सदस्य एबम जिल्ला समन्वय समिति सदस्य बनेका कुँवर हाल गोदावरी नगर अध्यक्षमा निर्वाचित भएका हुन ।

यस्तै कमिटीको उपाध्यक्षमा तिलक चौधरी, दिनेश शाह, कमला कैनी चयन भएका छन । कमिटीको सचिवमा मदन कठायत, सह सचिवमा तुलसी प्रसाद जोशी, कोषाध्यक्षमा शेर बहादुर बिष्ट चयन भएका छन ।

सम्मेलनबाट ६५ सदस्यीय नगर कमिटी गठन गरिएको अध्यक्षमा कुँवरले बताए ।