खाेज्नुहाेस

गोदावरी – ६ को कांग्रेस सभापतिमा विष्ट विजयी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ को कांग्रेस सभापतिमा मान बहादुर विष्ट निर्वाचित भएका छन ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत वडामा आईतबार भएको निर्वाचनमा प्रतिद्धन्द्धी शंकर खड्कालाई ४४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन ।

attariya hospital
navjiwan hospital

उनले १३७ मत प्राप्त गरेका थिए भने खड्काले ९३ मत प्राप्त गरेका थिए । वडामा विष्टको सम्पुर्ण प्यानल नै विजयी भएको हो ।

यसैगरी वडाको उपसभापतिमा विष्ट प्यानलकै धन बहादुर खड्का र रबिन्द्र थापा निर्विरोध निर्वाचित भएका छन भने सचिवमा डिल्लीराज भट्ट र जय बहादुर खडायत तथा सहसचिवमा ईश्वरी दत्त ओझा र देव बहादुर ठकुल्ला निर्वाचित भएका वडा निर्वाचन अधिकृत रतन कार्कीले जानकारी दिए ।

वडा प्रतिनिधि र क्षेत्रिय प्रतिनिधिमा विष्टको प्यानल नै विजयी बनेको उनले बताए । वडा प्रतिनिधिमा १२ जना र क्षेत्रिय प्रतिनिधिमा २७ जना गरी ३९ जना निर्वाचित भएको उनले बताए ।

उनले वडाप्रतिनिधिको अन्य पदका लागी उम्मेदवारी नपर्दा १२ जना मात्रै निर्वाचित भएको बताए । यसअघि नगरमा अन्य वडाको निर्वाचन शनिबार भएपनि क्रियाशिल सदस्यता विवादका कारण उक्त वडामा शनिबार निर्वाचन हुन सकेको थिएन ।