खाेज्नुहाेस

देशभर १४३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

Image

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

काठमाडौँमा ८०, भक्तपुरमा ३ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

attariya hospital

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको छ । आइतबार ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर ७ हजार ७१३ सक्रिय संक्रमित छन् ।