बझाङ – बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुवापन आइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।


जिपमा १७ जना सवार रहेमा अन्य घाइते भएको जनाइएको छ । अहिले घटनास्थलमा स्थानीयको सहयोगमा उद्धार भइरहेको छ । से १ च २४४४ नम्बरको बोलेरो जिप दुर्घटना सडकबाट करिब ३ सय मिटर तल खसेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले प्रहरी घटनास्थलतर्फ भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।


















