काठमाण्डौं – पछिल्लो २४ घन्टामा ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३१ नमूना परीक्षणमध्ये ४३८ पीसीआर र ७५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३४५ पुगेको छ । मन्त्रालयका अनुसार थप ८१७ जना संक्रमणमुक्त भएका छन् ।

यस सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८६ हजार ६३० पुगेको छ । हाल मुलुकभर १० हजार ५५९ सक्रिय संक्रमित छन् ।
















