खाेज्नुहाेस

कञ्चनपरमा करिब डेढ लाख बराबरका सामग्री बरामद

Image

अत्तरिया – कञ्चनपुरमा अवैध रुपमा भित्र्याउदै गरेका करिब डेढ लाख बराबरका सामग्री बरामद गरिएको छ ।

navjiwan hospital

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको सिमा गस्ती टोलीले निषेधाज्ञा उल्लंघन गरी अवैध रुपमा चोरी निकासी भित्र्याउदै गरेका करिब १ लाख ५१ हजार ५ सय बराबरका सामग्री बरामद गरेको हो ।

attariya hospital

बरामद गरिएका सामग्रीहरुमा बिडी, उन्नत जातको घाँसको बिउ, कस्मेटीक सामान रहेको बताईएको छ । उक्त सामग्रीहरु आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको शैलेश्वरी गणले जनाएको छ ।