खाेज्नुहाेस

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

Image

काठमाण्डौं – महिलाको चरित्रहत्या हुने भिडियो, अन्तरवार्ता र फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा चार युट्युबर पक्राउ परेका छन् ।

navjiwan hospital

साइबर ब्युरोका अनुसार दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर–१७ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट सूर्यगढी–२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी–९ घर भई काठमाडौं पेप्सीकोला बस्ने ३५ वर्षीय पिंकला कार्की र मोडर्न अनलाइन टीभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ–४ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङलाई पक्राउ गरिएको हो ।

attariya hospital

युट्युब च्यानलमार्फत् महिलाको तस्वीरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पु¥याई घृणा वा द्वेष फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूर गरेकाले पक्राउ गरिएको ब्युरोले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोको भनाइ छ ।