खाेज्नुहाेस

नेपालमा ७९ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

Image

काठमाडौं– नेपालमा करिब ७९ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ। हालसम्म ६२ लाख ६२ हजार ७८० जनाले पहिलो मात्रा खोप लगाएको उनले बताए।

navjiwan hospital

प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ। यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ।

attariya hospital

भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ भने २८ लाख २३ हजार ६८३ जनाले भेरोसेलको पूर्ण मात्रा लगाएका छन्। यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको संख्या १४ लाख ४० हजार ७३५ रहेको छ।

काठमाडौँ उपत्यकामा ४१ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको उनको भनाइ छ।