खाेज्नुहाेस

शिवनाथमा प्राविधिक विषय अध्ययनरत विद्यार्थीलाई ५ लाख छात्रवृत्ति

Image

बैतडी – बैतडीको शिवनाथ गाउँपालिकाले प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले चार वर्षयता प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

navjiwan hospital

‘यो बर्ष प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने ८ जनालाई ५ लाख रुपैयाँ छात्रवृत्ति दिएका छौं,’ उनले भने, ‘आवेदन परेकामध्ये छात्रवृत्ति व्यवस्थापन समितिले छनौट गरेका विद्यार्थीलाई छात्रवृत्ति दिएका हौं ।’

attariya hospital

यो वर्ष सचिनकुमार साउँदलाई एमबीबीएस अध्ययन गर्नका लागि १ लाख २५ हजार निरज धनाडीलाई बीइ सिभिल अध्ययनका लागि ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै बीएस्सी एजी अध्ययन गर्नका लागि नवीन साउँद, मनिष महता, प्रतिभा साउँद, दिपक चन्द, प्रवीणसिंह साउँद र अञ्जली साउँदलाई दिइएको छ । उनीहरुलाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका प्राविधिक धारतर्फ उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन आहृवान गरेको थियो । आवेदनबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति दिइएको हो ।