खाेज्नुहाेस

४५९ रुपैयाँ रहजनी गर्ने कञ्चनपुरका एक पुरुष ३८ वर्षपछि पक्राउ

Image

धनगढी – चार सय ५९ रुपैयाँ रहजनी गर्ने डाँका मुद्धाका प्रतिवादी ३८ वर्षपछि पक्राउ परेका छ्न् । कञ्चनपुरको (साविक) लक्ष्मीपुर गाविस–८ भैसौरीका जंगे भनिने जगतबहादुर बुढाथोकीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लारा डिष्टलरी बेलौरीबाट अन्तशुल्क वापत उठेको सरकारी रकम ४५९ रुपैयाँ २०४० पुस ९ गते डिष्टलरीका कर्मचारी रामजन सहनी लगायतका कर्मचारीको टोली पुनर्वासस्थित राष्ट्रिय वाणिज्य बैकमा जम्मा गर्न लैजादै गर्दा लक्ष्मीपुर र त्रिभुवनवस्तीको बिचको जंगलमा बुढाथोकीको समूहले उनीहरुलाई कुटपिट गरी सो रकम लुटेर फरार भएका थिए ।

attariya hospital

कञ्चनपुर जिल्ला अदालतको २०४२ बैशाख २५ गतेको फैशलाले कर्मचारीलाई कुटपिट गरी सरकारी रकम लुटपाट गरेको आरोपमा जनही ३ वर्ष १ महिना १८ दिन कैद फैसला सुनाएको थियो ।

navjiwan hospital

घटना यस्तो थियो

लारा डिष्टलरी बेलौरीबाट अन्तशुल्क वापतको रकम उठाई पुनर्वासमा रहेको राष्ट्रिय वाणिज्य वैकमा जम्मा गरिदै आएको थियो । बि.स. २०४० पुस ९ गते पनि डिष्टलरीबाट उठाएको रकम राष्ट्रिय वाणिज्य वैक बेलौरीमा जम्मा गर्नका लागि डिष्टलरीका कर्मचारी रामजन सहनी समेतका कर्मचारीहरुलाई खटाइएको थियो ।

उठेको सरकारी रकम ४५९ रुपैयाँ भएको झोला लिएर सहनी समेतको टोली कञ्चनपुरको लक्ष्मीपुर हुँदै पुनर्वास जाँदै गर्दा लक्ष्मीपुर र त्रिभुवनवस्तीबिचको जंगलमा बन्चरो, काठको चिरपट र बन्दुक समेत लिएर बसेका बुढाथोकीको टोलीले कर्मचारीलाई कुटपिट गरेर सो रकम लिएर फरार भएका थिए । घटना भएको डेढ वर्षपछि २०४२ बैशाख २५ मा जिल्ला अदालत कञ्चनपुरले कसुर ठहर गर्दै जनही ३ वर्ष १ महिना १८ दिन कैद फैसला सुनाएको थियो ।

अदालतले कैद फैसला सुनाइएका बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतबाट खटिएको प्रहरी टोलीले खोज्दै जाँदा मंगलबार निजको घरबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए । कैदी पुर्जी जारी भई कैद भुक्तानका लागि उनलाई कारागार चलान गरिएको उनले बताए ।