खाेज्नुहाेस

आज राष्ट्रिय पुस्तकालय दिवस

Image

आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ। पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो।

navjiwan hospital

जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । पुस्तकालय दिवस ज्ञानको ज्योति छर्ने दिनको रुपमा लिइन्छ । यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखकलगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउन सरोकारवालाले जोड दिँदै आएका छन् ।

attariya hospital

नेपालमा औपचारिक रूपमा १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय दिवस मनाइन्छ । नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको छ ।

राष्ट्रिय पुस्तकालय दिवस अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले पनि मनाएको छ । दिवसको अवसरमा कार्यसमितिको उपस्थितिमा पुस्तकालयया पुजाआजा गरिएको पुस्तकालयका व्यवस्थापक लेख राज जोशीले बताए । उनले कोरोना महामारीका कारण औपचारीक कार्यक्रम गर्न नसकिएको बताए ।