अत्तरिया – सुदूरपश्चिममा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार ८२७ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ र १७१ जनामा गरिएको पिसिआर परिक्षणमा २२ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।


यससँगै प्रदेशमा संक्रमितको संख्या ४५ हजार ८ सय ८२ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशभरीका २५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।
प्रदेशमा कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ३ सय ३६ पुगेको निर्देशनालयले जनाएको छ ।

















