खाेज्नुहाेस

नवदुर्गा अध्यक्ष कपको उपाधि परशुरामलाई

Image

डडेलधुरा – डडेलधुराको नवदुर्गा गाउँपालिकामा आयोजित अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक नवदुर्गा गाउँपालिका–१ लाई ३–० को सोझो सेटमा पराजित गर्दै परशुरामले उपाधि जितेको हो । उपाधिसँगै परशुरामले दुई लाख दुई हजार २२ रुपियाँ नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेको छ ।

attariya hospital

प्रतियोगितामा उपविजेता बनेको नवदुर्गा गाउँपालिका–१ ले एक लाख ५१ हजार ५१ रुपियाँ पुरस्कार प्राप्त गर्दा तेस्रो भएको आयोजक नवदुर्गा गाउँपालिकाको टोलीले ७७ हजार ७०७ रुपियाँ प्राप्त गरेको छ । तीनवटै स्थान हासिल गर्ने टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

नवदुर्गा गाउँपालिका–१ स्थित चोरा खेलमैदानमा बिहीबारदेखि सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।