
धनगढी – कैलालीमा स्कुटरको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–३ मा सोमबार बिहान करिब ६ बजे से ७ प ७७६७ नम्बरको स्कुटरले ठक्कर दिँदा ४४ वर्षीय दीपक बोहरा घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते बोहरालाई उपचारका लागि धनगढी ल्याइएको छ ।
दुर्घटनामा संलग्न स्कुटर र चालक गौरीगंगा नगरपालिका–३ की २० वर्षीया गीता नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।





















