
कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेका सुटपिस, हुडी, स्विटर तथा बोइलर कुखुरालगायतका सामान फेला पारेको हो।
प्रहरीले बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।




















