खाेज्नुहाेस

दशौँ राष्ट्रिय खेलकुदका लागि छनोट भएका गोदावरीका ६ खेलाडी सम्मानित 

Image

अत्तरिया –  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट छनोट भएका कैलालीको गोदावरी नगरपालिकाका ६ जना खेलाडीलाई सम्मान तथा आर्थिक सहयोग गरिएको छ।

गोदावरी नगरपालिका–१० को वडा कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई बधाई तथा सम्मानसहित आर्थिक सहयोग गरेको हो।

attariya hospital
navjiwan hospital

वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही (गुड्डु)ले खेलाडीको हौसला अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले खेलाडीलाई अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै छनोट भएका ६ जना खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरे।

उसु प्रतियोगिताका लागि छनोट भएकी मनिषा राना क्षेत्रीले वडाले गरेको सहयोगले आफूलाई थप हौसला मिलेको बताइन्।

सुदूरपश्चिम प्रदेशबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३० खेलमा ६ सय खेलाडी सहभागी हुने भएका छन्। प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको हो।

कर्णाली प्रदेशमा मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३० विधामा प्रतिस्पर्धा हुनेछ।