धनगढी – कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ नयाँराम होटल नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाजुरा छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ बस्ने ४७ वर्षीया सीता देवी चौधरी रहेका छन्।
उनीहरूको साथबाट चितुवाको छाला थान १ फेला परेको प्रहरीले जनाएको छ। चितुवाको छालासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
















