खाेज्नुहाेस

जनकपुरलाई ९३ रनमा रोक्दै सुदूरपश्चिमको चौथो जित

Image

नेपाल प्रिमियर लिग लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई ९३ रनमा राेक्दै सुदूरपश्चिम रोयल्सले चाैथाे जित निकालेकाे छ ।

दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।

attariya hospital

सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो ।

६ खेलमा चौथो जित हात पारेको सुदूरपश्चिम ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । शीर्ष स्थानको काठमान्डु गोर्खाज समान अंक जोडेपनि सुदूरपश्चिम रनरेटमा पछि छ ।

navjiwan hospital

अर्कोतर्फ पहिलो संस्करणको च्याम्पियन जनकपुरको ६ खेलमा यो चौथो हार हो र ४ अंकसहित पाँचौ स्थानमा रहेको जनकपुरको प्लेअफ पुग्ने सम्भावनामा ठूलो धक्का लागेको छ ।

जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जिमी निसमले २० र आदित्य महताले १० रन जोडे । ११औं नम्बरमा ब्याटिङ गरेका बलर राहुल यादवले ११ रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनिङ गरेका अनिल शाह २, हेरी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हरमीत सिंह ४, अभिषेक तावरी २ र ललित राजवंशी रनमा आउट भए ।

जिमी निसम र ललित राजवंशीले नवौँ विकेटका लागि गरेको २० रनको साझेदारी नै जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ तथा हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।