खाेज्नुहाेस

कैलालीको चिसापानीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

Image

अत्तरिया –  कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित टुक्की बजारबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

navjiwan hospital

पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका–३ का २९ वर्षीय जगदिश पाण्डे रहेका छन्।

attariya hospital

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट १३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका पाण्डेमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।