खाेज्नुहाेस

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

Image

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुने यस खेलमा दुवै टोली अंकतालिकामा सुधार गर्दै प्लेअफ यात्रालाई सुरक्षित बनाउने दाउमा रहनेछन्।

navjiwan hospital

जारी प्रतियोगितामा सुदूरपश्चिम ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोड्दै तेस्रो स्थानमा छ भने समान ५ खेलमा २ जित र ३ हार बेहोरेको जनकपुर ४ अंकका साथ पाँचौँ स्थानमा संघर्षरत छ।

attariya hospital

यता, जनकपुर बोल्ट्सको यस संस्करणको यात्रा भने मिश्रित रहँदै आएको छ।