खाेज्नुहाेस

बेलौरीमा शंखधर साख्वाको प्रतिमा अनावरण

Image

कञ्चनपुर –  कञ्चनपुरको बेलौरीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको प्रतिमा अनावरण गरिएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक स्थापना गरिएको प्रतिमा नेपाल संवत् ११४७ को शुभारम्भको अवसर पारेर मंगलबार अनावरण गरिएको हो ।

navjiwan hospital

भैरवदेव गुठीको आयोजना तथा बेलौरी नगरपालिका–७ को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा प्रतिमाको अनावरण गर्दै शंखधर साख्वाले नेपाली समाज र इतिहासमा पुर्‍याएको योगदानको स्मरण गरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेवार समुदायका अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत्को शुभकामना आदानप्रदान गरेका छन् ।

attariya hospital

नेवा: देय् दबू कञ्चनपुरका जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले शंखधर साख्वाको प्रतिमा स्थापना हुनु सुदूरपश्चिमको सांस्कृतिक इतिहास र पहिचानका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले नेपाल संवत्को ऐतिहासिक महत्त्व र शंखधर साख्वाको योगदानलाई स्थानीयस्तरमा चिनाउन प्रतिमा स्थापना गरिएको उल्लेख गरे ।