खाेज्नुहाेस

धनगढीमा अटो सर्भिस सेन्टरमा आगलागी

Image
सांकेतिक तस्बिर

धनगढी – कैलालीको धनगढीमा रहेको बङ्लामुखी अटो सर्भिस प्रालिमा आइतबार साँझ आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–१३ भाटभटेनी नजिक गजेन्द्र कार्कीले सञ्चालन गरेको अटो सर्भिस सेन्टरमा साँझ करिब ७ः४५ बजे अचानक आगलागी भएको हो।

attariya hospital
navjiwan hospital

आगलागीको सूचना पाएपछि कैलालीगाउँ प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति ८ः३५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार मैनबत्तीबाट आगो सल्किएको हुनसक्ने प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।