खाेज्नुहाेस

कैलालीमा  ४८ प्याकेट पटाका सहित एक जना पक्राउ

Image

अत्तरिया – कैलालीको  घाेडाघाेडी नगरपालिका–७ हरिनगरबाट प्रतिबन्धित पटाकासहित एक जना पक्राउ परेका छन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्थायी प्रहरी पोस्ट हरिनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय गगन विष्टलाई पक्राउ गरेको हो ।

attariya hospital

विष्टले सञ्चालन गरेको न्यू दुर्गा किराना पसलमा शंका लागेर चेकजाँच गर्दा पसलको गोदाममा लुकाइछिपाई राखेको अवस्थामा ४८ प्याकेट पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता कैलाश सिंह विष्टले बताएका छन ।

पटाकासहित विष्टलाई नियन्त्रणमा लिएर कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।