कञ्चनपुर– सार्वजनिक बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १६६३ नम्बरको रात्री बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको घटनामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ मेटना बस्ने २१ वर्षीय शमिर विष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३ तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन्।
घटना सम्बन्धमा उनीहरूलाई बिहीबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















