खाेज्नुहाेस

गोदावरी नगरस्तरिय सि लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी कुँवर र बम लाई

Image

अत्तरिया– कैलालीको अत्तरियामा आयोजित गोदावरी नगरस्तरिय सि लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम कुँवर र विरेन्द्र बमले हात पारेका छन् । बिहिबार भएको फाईनल खेलमा प्रतिष्पर्धी जय कुँवर र चिरञ्जिवि शाहलाई २–१ को सेट ले पराजित गर्दै कुँवर र बमको जोडीले उपाधी जितेको हो ।

navjiwan hospital

उपाधी जितेसँगै विजेता टोलीले नगद रु. १५ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । गोदावरी नगरक्षेत्रमा रहेका र विभिन्न संघसंस्थामा काम गर्दै आएका खेलाडीहरुलाइ सहभागि गराएर मैत्रिपुर्ण रुपमा प्रतियोगिता आयोजना गरिएको थियो । गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा बुधबार बाट प्रतियोगिता सुरु भएको हो ।

attariya hospital

आयोजकले शुक्रबार बाट सुदूरपश्चिम प्रदेश स्तरिय गोदावरी मेयर कप बि लेबल ब्याडमिन्टन प्रतियोगिताको प्रथम संस्करण २०८३ आयोजना गर्दैछ । जसको प्रथम पुरस्कार ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने द्धितिय पुरस्कार नगद रु. ३१ हजार १११ रहेको छ । यस्तै प्रतियोगितामा तृतिय हुने दुई टोलीले नगद रु. १० हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।