काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार ३०० थियाे । चाँदीको मूल्य ४५ ले घटेको छ । चाँदीको मूल्य तीन हजार ६७५ कामय भएकाे छ । हिजाे चाँदीको मूल्य तीन हजार ७२० कायम थियो ।




















