खाेज्नुहाेस

धनगढीमा ९० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

Image

धनगढी – कैलालीकाे धनगढीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर ब्यारेजबाट ब्राउनसुगरजस्तो देखिने ९० मिलिग्राम धुलो पदार्थसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

सोमबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ बस्ने २४ वर्षीय ज्ञानेन्द्र नेपाली रहेका छन्। पक्राउ परेका अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।