काठमाडौं – चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।
सोमबार त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले चितवनले प्रस्तुत गरेको १३० रनको लक्ष्य १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्याे ।