खाेज्नुहाेस

कञ्चनपुरमा ८५ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

Image
file photo

कञ्चनपुर – जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका ८५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

navjiwan hospital

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेका विभिन्न किसिमका माला, प्लास्टिक, पटाका लगायतका सामान नियन्त्रणमा लिएको हो।

attariya hospital

बरामद गरिएका सामानको अन्दाजी मूल्य ८५ हजार २५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।