अत्तरिया – सुदूरपश्चिमको मौलिक लोकसंस्कृति र देउडा भाकामा आधारित नयाँ देउडा गीत ‘चम्पा’ सार्वजनिक भएको छ । चम्पा देउवा र नागार्जुन दिनेशको स्वरमा रहेको उक्त देउडा गीत चम्पा देउवा युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा चम्पा देउवाको शब्द तथा सङ्गीत रहेको छ । गीतको एरेन्ज किशोर भण्डारीले गरेका छन् । गीतको भिडियोमा चम्पा देउवा र नागार्जुन दिनेशले अभिनय गरेका छन् ।

सुदूरपश्चिमको मौलिक लोकभाका, कला र संस्कृतिलाई गीतसङ्गीतमार्फत प्रस्तुत गर्ने उद्देश्यसहित गीत सार्वजनिक गरिएको हो ।



















