कञ्चनपुर – कञ्चनपुरकाे लालझाडी गाउँपालिका–१ नौरङ्गाबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। बिहीबार बेलुका नौरङ्गास्थितमा शंका लागेर चेकजाँच गर्ने क्रममा २ ग्राम ७५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ निवासी २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन्।

उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

















