खाेज्नुहाेस

पत्रकार किशोर श्रेष्ठ छुटे

Image

काठमाडौँ – शनिबार दिउँसो साइबर ब्युरो लगिएका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन् । प्रेस काउन्सिल नेपालमा गएर छलफल गर्ने सहमतिपछि उनी रिहा भएको जनआस्था अनलाइनका सम्पादक राजेन्द्र रिमालले बताए । ‘कुराकानीपछि उहाँ रिहा हुनुभयो, घर जाँदै हुनुहुन्छ,’ रिमालले भने ।

navjiwan hospital

उनका अनुसार छलफलका क्रममा समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा जान हिमेश पन्त सहमत भएका छन् । ‘समाचारमा चित्त नबुझेको भए प्रेस काउन्सिल जानका लागि साइबर ब्युरो र हिमेश सहमत भए,’ उनले भने ।

attariya hospital

श्रेष्ठविरुद्ध सत्तारूढ रास्वपाका नेता तथा कलाकार पन्तले श्रेष्ठविरूद्ध उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा प्रहरीले ललितपुरको नख्खुस्थित निवासबाट श्रेष्ठलाई साइबर ब्युरो लगेको थियो ।