धनगढी – सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटमाथि छलफल जारी छ ।
सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कांग्रेसको बहिष्कार निर्णय गरेको थियो ।


बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने जानकारी दिए ।
कांग्रेसको बहिष्कारका बीच अहिले प्रदेशसभामा बजेटको प्राथमिकतामाथि छलफल भइरहेको छ ।
















