खाेज्नुहाेस

चार दिन बितिसक्दा पनि भेटिएनन् महाकालीमा बेपत्ता सशस्त्रका असई

Image

कञ्चनपुर – झोलुंगे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको अवस्था अझै पत्ता लाग्न सकेको छैन । शनिबार दिउँसो महाकालीमा बेपत्ता भएका थारुको खोजी जारी रहे पनि उनी भेटिएका छैनन् ।

navjiwan hospital

दुई साताअघि दोधारा चाँदनी जोड्ने झोलुंगे पुल चुँडिएको थियो । पुल सँगै टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो । सोही तार तान्ने क्रममा बोट अनियन्त्रित भएर थारु महाकालीमा बेपत्ता भएका थिए ।

attariya hospital

बर्दियाको ठाकुरबाबा नगरपालिका–६ तुलसीपुरका थारु बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीको देवस्थानस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए । हाजिर भएको दोस्रो दिनमै उनी महाकालीमा बेपत्ता भएका हुन् ।