अत्तरिया – प्रतिनिधि सभा सदस्य तारा प्रसाद जोशीले सडकमा उठेका इस्युका आधारमा मात्रै बनेका राजनीतिक पार्टीको दीर्घकालीन निरन्तरता नहुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत गोदावरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जोशीले राजनीतिक दललाई दीर्घकालीन बनाउन स्पष्ट विचारधारा आवश्यक रहेको बताएका हुन्।

उनले सडकमा उठेका तत्कालीन मुद्दाले राजनीतिक वातावरण बनाउन सहयोग गरे पनि त्यसलाई निश्चित विचारधारा र सिद्धान्तसँग जोड्न नसके त्यस्ता राजनीतिक अभियान वा पार्टी लामो समय टिक्न नसक्ने धारणा राखे।

जोशीले भने, ‘सडकमा आएका इस्युले बनेको पार्टीको निरन्तरता हुँदैन, त्यसलाई आइडियोलोजीसँग जोड्नुपर्छ।’
अन्तरक्रिया कार्यक्रममा पार्टीको अभियान, आगामी राजनीतिक दिशा तथा समसामयिक विषयमा समेत छलफल भएको थियो।
भिडियाे

















