खाेज्नुहाेस

कांग्रेस गोदावरीको सभापतिमा दिलीप साउँद चयन

Image

अत्तरिया – नेपाली कांग्रेस शेर बहादुर देउवा पक्षको गोदावरी नगर समितिको सभापतिमा दिलीप कुमार साउँद चयन भएका छन् ।

navjiwan hospital

मंगलबार अत्तरियामा सम्पन्न नगर अधिवेशनबाट साउँदलाई सर्वसम्मत सभापतिमा चयन गरिएको हो । समितिको उप सभापतिमा लिलाधर जोशी र शुसिला कुमारी बलायर चयन भएका छन् ।

attariya hospital

त्यस्तै सचिवमा लक्ष्मण राज जोशी र सह सचिवमा विकास सोती र राजेश बडैला चयन भएका छन् । अधिवेशनले नगर समितिमा ३७ जना सदस्यहरु समेत चयन गरेको छ ।